26.1 C
Birgunj
23 May 2025
KALIKATIMES.COM

ओमिक्रोनका कारण नेदरल्याण्डमा लकडाउन

 युरोपेली मुलुक नेदरल्याण्डमा आइतबारदेखि लकडाउन लगाइने भएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आजदेखि लकडाउन लगाइने भएको हो ।

शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने उनको भनाइ थियो ।

‘भोलिदेखि नेदरल्याण्डमा लकडाउने लाग्नेछ,  रुट्टेले भने, ‘हामीले सोचेको भन्दा तीव्र गतिमा ओमिक्रोन फैलिएको र पाँचौं लहरका कारण लकडाउन अपरिहार्य भएको हो ।’

लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन् ।

त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ ।

यसबाहेक, अधिकांश  इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । तर बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने छ ।

यसैबीच, शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

२४ बुंदे माग पुरा गर्न एकीकृत समाजवादी पर्साले बुझायाे स्मरण पत्र

कालिका टाईम्स

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष सुमन नेतृत्वको कमिटी नै आधिकारिक

कालिका टाईम्स

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स
SQL requests:214. Generation time:25.564 sec. Memory consumption:82.47 mb