31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

नेरामावि बकुलिया ग्रासरुट फुटबलको फाईनलमा

वीरगंज । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जलाई २–० ले हराउँदै प्रतियोगिताको फाईनलमा पुगेको हो ।

अमलेखगञ्जलाई उपाधी होडमा उभ्याउन अमिउल्लाह मिया र रविन्द्र चौधरीले गोल गरे । खेलको १४ मिनेटमा अमिउल्लाहको गोलबाट पहिलो अग्रता बनाएको अमलेखगञ्जका लागि दोस्रो गोल रबिन्द्रले ५१ औँ  मिनेटमा गरेका थिए ।

सुरुवाती देखी नै दवावमा परेको अमलेखगञ्जले गोलका लागि अवसर बनाउन नसक्दा उपाधि होडबाट बाहिरिएको छ ।

खेलको म्यान अफ द म्याच बकुलियाका अमिउल्लाह घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिबार राष्ट्रिय विभुती शिक्षा सदन डुमरवाना र लोटस एकेडेमी सिमरा खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:5.683 sec. Memory consumption:82.55 mb