31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

नेपाल राष्ट्र बैंकद्वारा इन्भेष्टमेन्ट बैंक पराजित

वीरगंज । वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना गरिएको अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्टमा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरेको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंजले आयोजना गरेको टुर्नामेन्टको पहिलो खेलमा राष्ट्र बैंकका प्रधुन केसीले गोल प्रहार गरेका थिए । इन्भेष्टमेन्टका खेलाडीले १ गोल समेत फर्काउन सकेनन् । टुर्नामेन्टमा राष्ट्र बैंक सहित वीरगंजका २३ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता रहेको छ । टुर्नामेन्ट पुस ३ सम्म खेलिने छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्य तथा राष्ट्र बैंक कर्मचारी संघ वीरगंजका अध्यक्ष कृष्ण श्रेष्ठको सभापतित्वमा टुर्नामेन्ट मंगलबार विहान उद्धघाटन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:5.222 sec. Memory consumption:82.55 mb