33.4 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज देखि सुरूः ५० लाखको सजावट

काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ ।

महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ । यस्तै, महाधिवेशन स्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागत द्वार राखिएको छ ।

महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको छ । आर्टस्का प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिंगारको लागत ५० लाख रुपैँया जति लाग्ने भएको छ ।

आयोजकले पछि डिजाइनहरु थप्दै गएपछि लागत बढेको छ । अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ । थप हिसाब गर्नै पर्छ’, उनले भने ।

आज दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि हुनेछन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.053 sec. Memory consumption:82.46 mb