31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

अन्तर विद्यालय फुटबलमा फत्तेपुर विजयी

सिमरा । ग्रास रुट फाउण्डेसनले आयोजना गरेको अन्तर विद्यालय फुटबल प्रतियोगितामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित श्री नेरामाबी फत्तेपुरले विजयी सुरुवात गरेका छ । सिमरा रंगशालामा आज भएको उद्घाटन खेलमा जीतपरसिमरा २ को सेन्ट जोन्स एकेडेमीलाई २–० ले हराएको हो ।

फत्तेपुरको जीतमा आदेश चौधरी र अनिश चौधरीले १–१ गोल गरे । ७० मिनेट निर्धारण गरिएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

सेन्ट जोन्सलाई सुरुवाती समयदेखी नै दवावमा राखेको फत्तेपुरले गोलका लागि भने ५४औँ मिनिेटसम्म संघर्ष गर्नुप¥यो । ५४औँ मिनेटमा फत्तेपुरका आदेश चौधरीले टिमलाई अग्रता दिलाएका थिए । लगत्तै ६५ मिनेटमा अनिश चौधरीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । अनिशको गोल नै फत्तेपुरको जितका लागि निर्णयक बन्यो ।

शरिरिक हिसाबले समेत फत्तेपुरसँग कमजोर देखिएको सेन्ट जोन्स हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फत्तेपुरका आशिक राय म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार २ खेल हुनेछन् । १२ः३० मा हुने पहिलो खेलमा एक्स सर्भिसमेन एकेडेमी र नेरामाबी औराहा भिड्नेछन् भने दिउसो २ः३० बजे लोटस एकेडेमी र सेन्ट अल्फोन्साज ईङ्लीस स्कुलबिच दोस्रो खेल हुने प्रतियोगिताका संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:5.296 sec. Memory consumption:82.55 mb