35.1 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

तेस्रो मेयर कप टुर्नामेन्ट : कालिकामाई र विन्दावसिनी विजयी

वीरगंज । पर्साको पोखरियामा जारी तेस्रो मेयर कप टी २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कालिकामाई गाउँपालिका र विन्दवासिनी गाउँपालिका विजयी भएको छ ।
शुक्रबार भएको पहिलो खेलमा धोविनी गाउँपालिकालाई ८ विकेटले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएको हो । ३७ रन र एक विकेट लिएर कालिकामाईका जावेद आलम मैन अफ द मैच घोषित भएका थिए ।

यस्तै, सोही दिन भएको दोस्रो खेलमा जगरनाथपुर गाउँपालिकालाई ७ विकेटले हराउँदै विन्दावासिनी गाउँपालिका विजयी भएको आयोजक पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्रले बताए ।

टच जितेर ब्याटिङ रोजेको जगरनाथपुरले १५.३ ओभर खेल्दै पुरै विकेटको नोकसानीमा ८३ रन बनाएको थियो । त्यसपछि ८४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको विन्दवासिनीले ८ ओभरमै ३ विकेट क्षतिमा ८६ रन बनाई विजयी घोषित भएको थियो । ३७ रन र २ विकेट लिएर मैन अफ दी मैच अनुज चौरसिया भएका थिए ।

पोखरिया नगरपालिकाको सहयोग र पोखरिया युवा समाजको आयोजनामा पोखरिया नगरपालिकाको वडा नं. ६ स्थित शेरा फिल्डमा भईरहेको टुर्नामेन्ट प्रतियोगिताको विजेतालाई एक लाख ५० हजार र उप विजेतालाई ८१ हजार नगद र ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:7.023 sec. Memory consumption:82.55 mb