31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

अध्यक्ष कप टि २० क्रिकेट टुर्नामेन्टकाे उपाधी कालिकामाईलाई

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा भएको अध्यक्ष कप टि २० क्रिकेट टुर्नामन्ट २०७८ को उपाधी कालिकामाई गाउँपालिकाले हात पारेको छ । टुर्नामेन्टको मंगलबार भएको फाईनल खेलमा छिपहरमाई गाउँपालिकालाई ३७ रनले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएको हो ।

टस जितेर छिपहरमाईले फिल्डिङ रोजएपछी सुरुमा कालिकामाई ब्याटिङ गरेको थियो । कालिकामाईले पुरै २० ओभर खेल्दै १८२ रन बनाएको थियो ।

त्यसपछि १८३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको छिपहरमाईले पुरै २० ओभर खेल्दै १४५ रनमा समेटिएपछी कालिकामाई विजयी घोषित भएको थियो ।

धोबिनी गाउँपालिकाको आयोजनामा भएको टुर्नामेन्टको विजेता कालिकामाई गाउँपालिकालाई प्रमुख प्रशासकिय अधिकृत राजु साहले पुरस्कार राशी ३० हजारको चेकसहित ट्रफि प्रदान गरेका थिए ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत साहले उप विजेता छिपहरमाई गाउँपालिकालाई पुरस्कार राशी २० हजारको चेकसहित ट्रफि प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत साहले सानो प्रयास अर्थात टुर्नामेनटले खेलको विकासमा सहयोग पुग्ने विश्वासास ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका अधिकृत साहले स्थानिह स्तरमा आयोजना हुने खेलमा अनुशासित भई खेल्न खेलाडिहरुलाई आग्रह गरे । खेलमा खेलाडी अनुशाशीत नभए राम्रो गर्न नसक्ने उनको भनाई थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:217. Generation time:5.730 sec. Memory consumption:82.49 mb