41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

पटेर्वा सुगौलीमा बालिका मैत्री भलिबल प्रतियोगिता

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालीकामा माध्यामिक विद्यालय स्तरीय बालिका मैत्री भलिबल प्रतियोगिता आयाेजना गरिएकाे छ ।

शिक्षामा बालिकाहरुको पहुँच बढाउनको लागि दिव्य यूवा क्लव, पर्साले एक्सन एड नेपालको साझेदारीमा स्थानीय अधिकार कार्यक्रम मार्फत विभिन्न क्रियाकलापहरु संचालन गरिरहको छ । यसै क्रममा शिक्षाको साथ साथै बालिकाहरुमा शारिरीक तन्दुरुस्ती पनि हुनुपर्ने तथा अतिरिक्त क्रियाकलापहरुमा पनि उनीहरुको रुची उत्याधिक रहेको हुनाले बालिका मैत्री वातावरण सृजना गर्नको लागि सो भलिबल प्रतियागिता आयोजना गरिएको दिव्य यूवा क्लवका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिए ।

दुई चरणमा हुने प्रतियोगिताकाे पहिलो चरण अन्तर्गत श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटा र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, बेलवा बीच खेल भएको थियो । साेमबार भएको पहिलो चरणको खेलमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय निचुटाले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, बेलवालाई २.१ ले हराएको छ ।

श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, निचुटाकी दिपीका शर्माले म्यान अफ द म्याचको उपाधी हात पारेकी छिन् । मंगलबार दोस्रो चरणमा श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, रङ्गपुर र श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, सुगौली बीच प्रतिस्पर्धा हुनेछ र विजयी समुहले श्री नेपाल रािष्ट्रय माध्यामिक विद्यालय, निचुटासंग फाईनल खेल्नेछ ।

आयेजना गरिएको भलिबल प्रतियोगिताले बालिकाहरुमा सकारात्मक सन्देश प्रवाह गर्नेछ र छोरीहरुलाई घरको काममा मात्रै अल्झाउन खोज्ने हाम्रो सामाजिक मुल्य मान्यतालाई पनि यसले परिवर्तन गर्न सहयोग गर्नेछ तथा छोरीहरुलाई शिक्षाको अवशर प्राप्त हुनेछ र यसले हाम्रो समुदायमा हुने गरेको बाल विवाहलाई पनि अन्त्य गर्न सहयोग हुने पटेर्वा सुगाैली गाउँपालीकाकी उप प्रमुख ममता महतोले वताइन । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:8.377 sec. Memory consumption:82.55 mb