31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

धाेबिनीमा बाइक स्लाे रेस प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ हरिहरपुरमा शुक्रबार बाइक स्लाे रेस प्रतियाेगिता सम्पन्न भएकाे छ । 

दिपावलीकाे अवसरमा भएकाे प्रतियाेगितामा छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरका रुपेश कुमार प्रथम र धाेबिनी गाउँपालिका वडा न‌ं. २ आसवारीका समपत कुशवाहा दाेस्राे भएका थिए ।

धाेबिनी गाउँपालिकाका युवाहरुले आयाेजना गरेकाे प्रतियाेगतामा प्रथम हुनेलाई रु एक हजार ५ सय नगदसहित मेडल र दाेस्राे हुनेलाई रु एक हजार नगदसहित मेडलले पुरस्कृत समेत गरिएकाे युवा समाजका शक्ति पटेलले वताए ।

खेल आयाेजक समितिका अध्यक्ष अमित पटेलकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे उद्घाटन नेकपा एमालेका युवा नेता सदाम हुसेनले गरेका थिए ।

साे प्रतियाेगितामा नेकपा एमालेका स्थानिय नेता सम्सुलक मियाँ, नेपाली कांग्रेसका हरिन्द्र पाटक, स्थानिय अगुवा सुरेन्द्र गिरी, इमतियाज आलम, संजय साह, खेल आयाेजक समितिका सचिव सनिदेव पटेल, काेषाध्यक्ष सलमान खान, सदस्यहरु विशाल पटेल, बलिराम पटेल, अभिषेक पटेल, राजा हुसेन आलम, रियाज आलम लगायतकाे उपस्थिती रहेकाे थियाे भने प्रतियाेगिताकाे संचालन शक्ति पटेलले गरेका थिए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:216. Generation time:6.083 sec. Memory consumption:82.48 mb