वीरगंज । पर्सा निर्वाचन क्षेत्र न.१ का संघीय सांसद प्रदीप यादवले वीरगंज–१६ नगवामा श्री बौद्धीमाई बिकास समितिद्वारा आयोजित विराट दंगल(कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन् ।
दशैंको नौवो दिन हरेक वर्ष आयोजना गरिने दंगल प्रतियोगितामाको उद्घाटन गर्दै सांसद यादवले कोरोना वायरसको कहर पछी दुई वर्षको अन्तराल भए पनि पुन्ह जनजिवन समान्य हुंदै गएकोमा खुशी व्यक्त गरे । आम नागरिकको धैर्यता र माता रानीको कृपाले नै आज दुई वर्ष पछी पर्सा जिल्लामा कोरोनावायरसको केश शुन्य भएको र विस्तारै जनजिवन समान्य हुंदै गएको भन्दै उनले धैर्यता र आत्मविशवासका साथ नै सफलता पाईने बताए ।
साथै सम्पूर्ण खेलाडीलाई खेलमा आफ्नो ईमानदारीता राख्दै दर्शकको भावना बुझेर सहि र पारदर्शी तरिकाले लडन सुझाव दिदै उपस्तिथ समाजिक अगुवा, राजनीति कर्मी, आम नागरिक, युवा, खेलाडी, दर्शकलाई दशैंको शुभकामना समेत व्यक्त गरेका थिए ।
दिनभरी चलेको कुस्ति दंगल प्रतियोगितामा दैनिक करिब सय जोडी पहलवानले भाग लिएका थिए । दंगलमा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पन्जाब, हरियाणा, दिल्ली, बिहारलगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरु भाग लिएको आयोजकले जनाएको छ ।