32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

अपांगता भएकाहरु महानगरको उच्च प्राथामिकतामा : मेयर सरावगी

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अपांगता भएकाहरु महानगरपालिकाको उच्च प्राथामिकतामा रहने बताएका छन् ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा पर्सा बहिरा संघको ११ औं साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर सरावगीले महानगरपालिकाले मानवतासँग जोडिएको अपांगता भएकाहरुको विषयमा स्थानीय सरकार गम्भीर रहेको र उनीहरुको समग्र विकासको लागि महानगर सधैं अगाडि रहने प्रतिवद्धता व्यक्त गरे ।

पर्सा बहिरा संघका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका बिशिष्ट अतिथि उपमेयर शान्ती कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य अजय साह, नेपाल पत्रकार महासंघ स्रोत शिक्षक राजकिशोर प्रसाद कानु लगायतकाको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य र कार्यक्रम सन्चालन पर्सा बहिरा संघका दोभासे अर्चना कर्णले गरेका थिए ।

११ औं साधारण सभाले पुनः एक कार्यकाललाई सगुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा समिक्षा सापकोटा, सचिवमा अजय कर्ण, कोषाध्यक्षमा जुलफकार अन्सारी, सदस्यमा प्रभात मिश्र, सिल्पा कर्ण, रुपलाल भगत कोईरी, जगदीश कम्ती र उमेश गुप्ता रहेको जानकारी अर्चना कर्णले जानकारी दिइन ।

२०६७ सालमा बहिरा संघ स्थापना भएको ९ बर्षको संघर्षपछि महानगरपालिका मेयर सरावगीको तत्परताले विद्यालय स्थापना भएको हो । बहिरा विद्यार्थीहरुको लागि दोभाषेको अत्यन्त आवश्यक रहेको विद्यालयका स्रोत शिक्षकको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स

वीरगंज मेनरोड १५/१५ मीटर विस्तार हुनुपर्छ : मन्त्री गुप्ता

न्युज डेस्क

पोखरियामा सामुदायिक विद्यालय सुधारबारे सरोकारवालासँग छलफल

न्युज डेस्क
SQL requests:220. Generation time:6.450 sec. Memory consumption:82.78 mb