36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

वीपिसीकाे बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज पब्लिक कलेजले बिहिबार आयाेजनाकाे गरेकाे कक्षा १२ का विद्यार्थीहरुकाे बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ । हाेटल भिस्वामा भएकाे कार्यक्रमकाे उद्घाटन रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष साहले जीवन सफल बनाउ मिहनेत र परिश्रम जरुरी रहेकाे वताए । किताबी ज्ञानले मात्र जीवन सफल नहुने बताउँदै अध्यक्ष साहले अतिरिक्त ज्ञान पनि उतिकै जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष साहले चाहना अनुसार विषय राेजेर अध्ययन गर्नु पर्ने सुझाए । उनले पढेलेखेपछी आफ्नै देशमा स्वरोजगार बनेर सेवा गर्नु पर्ने कुरामा जोड दिए ।

टिभि वीरगंजका अध्यक्ष समेत रहेका साहले कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफ्नाे जीवनकाे सफलताकाे बारेमा पनि सुनाएका थिए । 

कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यकाे सभापतित्वमा भएकाे कार्यक्रममा वीरगंज पब्लिक कलेजबाट नै अध्ययन गरेका मेघा बैंक आदर्शनगर शाखाका प्रबन्धक बेलाल अहमदलाई सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रममा लुम्बनी इन्सुरेन्स प्रदेश नं. २ का संयाेजक निशान्त लामिक्षाने, एभरेष्ट इन्सुरेन्स वीरगंजका प्रबन्धक मन्दिप प्रधान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य वीरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:3.909 sec. Memory consumption:82.5 mb