42.3 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

वीरगञ्जमा राजपुत समुदायको भेला सम्पन्न

वीरगंज । बारा जिल्ला समन्व्य समितिका सभापति नवलकिशोर सिंहले सबै राजपुत एक जुट भएर जानुको बिकल्प नरहेको बताएका छन् । नेपाल राजपुत सेवा समितिको शनिबार वीरगञ्जमा भएकाे भेलालाई सम्बोधन गर्दै सभापति सिंहले राजपुत समाजको भवन निमार्ण भईरहेको सन्दर्भमा यसकार्यले समाजको अस्तित्वमा थप बल पुग्ने बताए । 

होेटेल कुम्मु प्यालेसका संचालक तथा समाजमा पुर्व अध्यक्ष पि.पि सिंहको कोरोनाको संक्रमणका कारण निधन भएकोमा प्रमुख अतिथि सभापति सिंह वहाँको तस्बीरमा पुष्प सहित श्रृद्धाञ्जली अपर्ण गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंहले भवन निमार्णकार्यले गति लिएको भन्दै प्रसंशा व्यक्त गरे । उनले काम गर्दै जादा सामान्य त्रुटी भएपनि गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए । ईतिहास निर्माणमा सबै भुमिका बराबर हुने भएको हुनाले सबैको साथ जरुरी रहेको उनकाे भनाई थियाे ।

त्यस्तै देवताल गाउँपालिकाका प्रमुख चन्दन सिंहले समाजको भवन निमार्णमा शुभकामना दिदै समाजमा आफनो पारिवारी सहयोग निरन्तर रहने बताए । कार्यक्रममा भवन निमार्णको प्रगती तथा अर्थ संकलनको बारेमा महासचिव सुरेन्द्र सिंह र कोषाध्यक्ष नगनारायण सिंह प्रस्ट पारेका थिए ।

कार्यक्रममा सतिश सिंह राजपुत, हुकुम सिंह राजपुत, उदय प्रताप सिंह, श्रीभगवान सिंह, अव्धकिशोर सिंह, अनिल सिंह, जमुना सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शनिबारको कार्यक्रममा करिब ५ लाख रुपैया संकलन भएको बताईएको छ । समाजका वरिष्ठ उपाध्यक्ष जटेश्वर सिंहको अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन संचारकर्मी राजेन्द्र सिंहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:4.075 sec. Memory consumption:82.49 mb