36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

जीतपुरकाे विद्यालयमा खेलकुद समाग्री वितरण

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ काे सामुदाययिक र मदरसा विधालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरिएकाे छ ।

वडा कार्यालयबाट श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय तथा ईस्लामिया मदरसा विधालयमा खेलकुद सामाग्री वितरण गरेकाे वडाध्यक्ष रामबाबु कलवारले वताए । श्री फकिरा गिरी, राजेश्वर गिरी माध्यमिक विद्यालयमा विहीबार खेलकुद समाग्री वितरण गरिएको थियो भने शुक्रबार ईस्लामिया मदरसा विद्यालय खेलकुद सामग्री वितरण गरिएको वडाध्यक्ष कलवारले वताए ।

वडा नं. ७ कार्यालयद्वारा छुटयाइएका २ लाख ५० हजार बजेटबाट खेलकुद समाग्री वितरण गरिएको वडाध्यक्ष कलवारले जानकारी दिए । विधार्थीको शारीरिक विकासका लागि विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरिएको उनले वताए ।

खेलकुद प्रति विधार्थीीहरुलाई आकर्षित गर्न सकियो भने बालबालिकाहरु स्वस्थ्य हुने, आँखाको ज्योती वढने वडाध्यक्ष कलवारले बताए ।

ईस्लामिया मदरसा विद्यालयमा आयोजित कार्यक्रममा समाजसेवी राजेश गिरी, मुनी यादव, किशोरी साह तेली लगायतका विद्यार्थी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.991 sec. Memory consumption:82.5 mb