9 May 2025
KALIKATIMES.COM

पर्सामा माधव समूहकाे समानान्तर जिल्ला कमिटी नेकपा एसमा समाहित

वीरगंज । पर्सामा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ ।

बालगाेपाल थापाकाे नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको हो । जिल्ला सचिवालयकाे मंगलबार बसेकाे बैठकले सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेकाे अध्यक्ष थापाले वताए ।

जिल्लाकाे सदरमुकाम वीरगंजमा बसेकाे सचिवालयकाे बैठकले प्रतिगमन बिरोधि आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वकाे नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने निर्णय गरेकाे उनले जानकारी दिए ।

नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यमा बसेको बैठकले नवगठित जिल्ला कमिटीकाे सपथ ग्रहण वीरगंज बसपार्कस्थित साेल्टी पार्टी प्यालेसमा भदाै २६ गते गर्ने निर्णय समेत गरेकाे छ ।

साथै अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एकिकृत समाजवादी पार्टीमा समाहित हुन आवहान गरेकाे जिल्ला सचिव बिक्रम चाैरसियाले वताए ।

बैठकमा वीरगंज महानगर कमिटीका अध्यक्ष मनाेज चाैधरी, प्रदेश कमिटीका सदस्यहरु किशाेरी कुशवाहा, याेगेन्द्र यादव लगायतकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:8.510 sec. Memory consumption:82.77 mb