37 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

प्रसाैनीमा स्वास्थ्य चाैकीकाे स्थापना, उपाध्यक्ष गुप्ताले गरिन उद्घाटन

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ टोल प्रसौनीमा स्वास्थ्य चौकीको स्थापना गरिएकाे छ । प्रसाैनीस्थित विद्यालयकाे पुरानाे भवनकाे मर्मत गरि स्वास्थ्य चाैकीकाे स्थापना गरिएकाे हाे ।

स्थापना गरिएकाे स्वास्थ्य चाैकीकाे एक कार्यक्रमकाे बिच बिहिबार बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देबी गुप्ताले उद्घाटन गरिकी छन् ।  

 स्वास्थ्य चाैकी उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उप प्रमुख गुप्ताले प्रसाैनीमा स्वास्थ्य चाैकी स्थापनाले प्राथमिक उपचारकाे लागि गाउँवासीलाई सजिलाे हुने वताइन । उनले वडा नं. ५ काे बटसाैरामा रहेकाे स्वास्थ्य चाैकी प्रसाैनीबाट टाढा भएका कारण प्रसाैनी गाउँवासीकाे सहजताकाे लागि प्रसाैनी मै स्वास्थ्य चाैकी स्थापना गरिएकाे वताइन ।

स्थापना भएकाे स्वास्थ्य चाैकीका एक जना हेल्थ एसिसटेन्ट, एक जना अनमी सहित ३ जनाले सेवा दिने जानकारी गराइन ।

वडाध्यक्ष सुकदेव राउत अहीरको अध्यक्षतामा भएकाे स्वास्थ्य चाैकी उद्घाटन कार्यक्रममा नि. प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, स्वास्थ्य संयोजक नरेश चौहान, नेपाली कांग्रेसका नेता बब्लु गुप्ता, याेजना शाखा प्रमुख सिताराम पण्डित, शहकारी तथा कृषि शाखा प्रमुख रमेन्द्रनाथ तिवारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.472 sec. Memory consumption:82.47 mb