37 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

बहुअर्वा भाठामा बर्थिङ सेन्टरको शिलान्यास

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वा भाठामा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

बर्थिंग सेन्टरको शिलान्यास प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियर र वडा नम्बर २ का वडाध्यक्ष संजय चौहानले संयुक्त रुपमा गरेका हुन ।

३१ लाख २९ हजारको लागतमा निर्माण हुने बर्थिंग सेन्टरको शिलान्यास गरिएको प्रशासकीय अधिकृत रौनियारले बताए । बर्थिङ्ग सेन्टरको कुल लागतमध्ये केन्द्र सरकारको अनुदान सहयोग २५ लाख, पालिकाको लागत दुई लाख ५० हजार र लागतको २० % जनश्रम परिचालन गरिने अधिकृत रौनियारले जानकारी दिए ।

बर्थिङ सेन्टर निर्माण भए पछि विन्दवासिनीका साथै सो आसपासका क्षेत्रका गर्भवति महिलाहरूलाई सुरक्षित सुत्केरी गराउन सहज हुने पालिको स्वास्थ्य वडाध्यक्ष चौहानले बताए ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष आनन्दराज चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा स्वास्थ्य संयोजक नरेश चौहान, जयनारायण पंडित, सरोज चौहानलगायत स्थानीय नागरिक अगुवा र प्रहरी प्रतीनीधीको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.565 sec. Memory consumption:82.47 mb