14 May 2025
KALIKATIMES.COM

बाल हेल्पलाइनद्वारा कोभिड पोजेटिभ बालबालिकालाई राहत सहयाेग

कलैया । बाराकाे कलैया उपमहानगरपालिकाका कोभिड पोजेटिभ भएका १० जना बालबालिकाहरुलाई पौष्टिक युक्त खाद्मानय सामग्रीहरु बितरण गरिएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले प्रत्येक परिवारलाई च्वनप्रास १ किलो, रियल जुस १ किलो, होर्लिस ५०० ग्राम, सातु ५०० ग्राम, काजु २ प्याकेट, काबली बेदाम २ प्याकेट लगायतका सामग्रीहरु बितरण गरेका हुन् ।

कोभिड पोजेटिभ बालबालिकाहरुलाई बचाउन तथा संरक्षणको लागि खाद्य सामग्री वितरण गरेर बाल हेल्पलाइन नं. १०९८ बाराले सराहनिय कार्य गरेकाे नगर प्रमुख यादवले बताए ।

सो सामग्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोग तथा संरक्षण नेपाल, बाराको सहकार्यमा संचालित बाल हेल्पलाइनले कोभिड पोजेटिभ भएका गरिब परिवारका बालबालिकाहरुलाई राहत सहयोग प्रदान गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।

बालबालिकाहरुको हकहित संरक्षण र प्रवर्धनकाे लागि बाल हेल्पलाइनले पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा काम गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले दिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:7.592 sec. Memory consumption:82.47 mb