10 May 2025
KALIKATIMES.COM

पर्सामा अधिकांश पालिकाकाे विद्यालय खुल्ने र केहीकाे बन्द हुने

वीरगंज । देशैभर बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै सरकारले शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि पर्साकाे अधिकांश पालिकाले विद्यालय संचालन गर्ने निर्णय गरेका छन् ।

पर्साकाे छिपहरमाई गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनली गाउँपालिका, वीरगंज महानगरपालिका लगयातका शैक्षिक संस्था बन्द नहुने भएका छन्  भने कहीकाे सरकारकाे निर्णय अनुसार बन्द हुने भएका छन् ।

पर्सा, बारा लगायतकाे जिल्लामा वायु प्रदुषणकाे खासै असर नदेखिएकाेले छिपहरमाई गाउँपालिकाकाे शिक्षण संस्था बन्द नहुने प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले जानकारी दिए ।

काेराेना कारण लामाे समय शिक्षण संस्थाहरु बन्द रहेकाे र परिक्षा पनि नजिक नै रहेकाे कारणले विद्यालय खाेल्नु परेकाे उनले वताए ।

यस्तै, सखुवा प्रसाैनी गाउँपालिकाले पनि शैक्षिक संस्थाहरु संचालन हुने जनाएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले आफ्नाे फेसबुकमा एक स्टेटस लेख्दै विद्यालयहरु संचालन गर्न निर्देशन दिएका छन् ।

यस्तै, बिन्दवासिनी गाउँपालिकाले पनि शैक्षिक संस्थाहरु संचालन गर्ने निर्णय गरेकाे छ । पर्सामा वायु प्रदुषणकाे खासै असर नदेखिएकाेले विद्यालय संचालन गर्ने निर्णय गरिएकाे बिन्दवासिनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुना कुमार राैनियारले जानकारी दिए ।

गाउँपालिकाकाे शिक्षा शाखा, शिक्षक महासंघ र गाउँपालिका अध्यक्षकाे समन्यमा विद्यालय संचालन गर्ने निर्णय गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राैनियारले वताए । 

यस अघि नै वीरगंज महानगरपालिकाकाले पनि विद्यालय संचालन गर्न निर्देशन दिइसकेकाे छ ।

नेपाल सरकारले मिति २०७७/१२/१७ गते देखि २० गते सम्म वायु प्रदुषण को कारण देखाइ शैक्षिक संस्थाहरु बन्द गर्ने भनिएता पनि सो को प्रभाव बिरगंज महानगरपालिकामा नदेखिएको र विगतमा भएको शैक्षिक क्षतिलाई समेत ध्यानमा राख्दै महानगरपालिकाको अर्को आदेश नभए सम्म सबै शैक्षिक संस्थाहरुले पठनपाठन यथावत् सुचारु राख्न हुन वीरगंज महानगरपालिकाकाे शैक्षिक महाशाखाले जनाएकाे छ ।

जिराभवानी गाउँपालिकाकाे शैक्षिक संस्था बन्द रहने 

पर्सा कै जिराभवानी गाउँपालिकाकाे शैक्षिक संस्थाहरु सरकारकाे निर्णय अनुसार बन्द रहने भएकाे छ ।

नेपाल सरकारले मिति २०७७/१२/१७ गते देखि २० गते सम्म वायु प्रदुषणको कारण शैक्षिक संस्थाहरु बन्द गर्न दिएकाे निर्देशन अनुसार पालिका भित्रकाे सम्पूर्ण विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले जानकारी दिए ।

उनले भने “नेपाल सरकारकाे निर्देशन विपरित जान सकिदैन्, अन्य पालिकाले विद्यालयहरु संचालन गरे पनि हामीले सरकारकाे निर्णकाे पालना गर्दै विद्यालहरु बन्द नै गर्छाैं ।”

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:11.528 sec. Memory consumption:82.8 mb