36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

देशको नेतृत्व लिने गरी लगनशील भएर अध्ययन गर्न सुझाव

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले युवाहरुले देशको नेतृत्व लिन सक्ने युवाशक्तिको खाँचो रहेको बताएका छन् ।

नेशनल कलेजले कक्षा १२ का विद्यार्थीहरुका लागि आयोजना गरेको स्वागत कार्यक्रमकाे उद्घाटन गर्दै मेयर सरावगीले पछिल्लो समयमा राजनीतिक खेल अन्त्यन्त अस्वस्थ रुपमा अगाडि गईरहेकोले यसलाई सही दिशामा ल्याउनका लागि युवा नेतृत्वको आवश्यकता रहेको बताएका हुन् ।

उनले युवा नेतृत्वका लागि शिक्षा अनिवार्य रहेको र मेहेनत र लगनशील भएर अध्ययन गरे भविष्यमा सक्षम नेतृत्व लिन तयार हुनुपर्ने बताए । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले विद्यार्थीहरुलाई अनुशासनमा बसेर लगनशील भई अध्ययन गरे देशको सफल नेतृत्वमा पुग्न सकिने बताए । उनले युवाहरुलाई शिक्षाको बारेमा कुनै किसिमको सम्झौता नगर्न सुझाव दिदै देशको सक्षम नेतृत्वको लागि सफल नागरिक आवश्यक रहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.369 sec. Memory consumption:82.52 mb