42.3 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

महुवनमा दाैड प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शनिबार दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ । पारसनाथ युवा समाज, महुवनकाे आयाेजनामा १०० मिटर, ३०० मिटर र १५०० मिटरकाे दाैड प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

१०० मिटरकाे दाैड प्रतियाेगिता दिनेश साह तेली प्रथम, पिन्दु साह तेली द्वितिय र गाेबिन्द साह तेली तृतिय भएका थिए ।

यस्तै, ३०० मिटरकाे प्रतियाेगितामा दिनेश साह तेली प्रथम, पिन्टु साह तेली द्वितिय र आर्यन साह तेली तृतिय भएका थिए भने १५०० मिटरकाे प्रतियाेगितामा कृष्णा कुमार राम प्रथम, पिन्टु साह तेली द्वितिय र विकेश कुमार राम तृतिय भएका थिए ।

युवा समाजका सन्देश कुमार  साह तेली र अनिल साह तेलीकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा उमेश राैनियार, सुरेश पटेल, रामदिनेश पंडित, गाेबिन्दा साह, संदिप पटेल, महेश राैनियार, बृजकिशाेर हजारा, किशाेरी साह तेली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

१०० मिटरकाे प्रतियाेगितामा १३ जना, ३०० मिटरकाे प्रतियाेगितामा १४ जना र १५०० मिटरकाे प्रतियाेगितामा ९ जनाकाे सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:216. Generation time:6.339 sec. Memory consumption:82.5 mb