32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

पत्रकार महासंघ पर्सा शाखामा लगाइएकाे ताला फाेडेर खाेलियाे

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे कार्यालयमा बुधबार लगाइएकाे ताला फाेडेर खाेलियाे । पत्रकार महासंघकाे सदस्यता नपाएका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले लगाएकाे ताला फाेडेर खाेलिएकाे थियाे ।

पत्रकार महासंघ पर्सा शाखाले सदस्ता वितरणमा काखा पाखा गरेकाे भन्दै असन्तुष्ट पत्रकारहरुकाे एक समुहले महासंघ पर्सा शाखाकाे कार्यालयमा तालाबन्दी गरेकाे थियाे । तालाबन्दी भए लगतै महासंघकाे कार्यालय पुगेकाे कार्य समितिका सदस्यहरु र केही अन्य पत्रकाहरुले ताला ताेडेर खाेलेका थिए ।

नजिकिदै गरेको निर्वाचनको मुखमा क्रियाशिल पत्रकारहरुलाई पाखा लगाएर आफ्ना नजिकका नातेदारहरुलाई सदस्यता वितरण गरेको आरोप लगाउँदै उनिहरुले तालाबन्दी गरेका थिए । सदस्यता वितरणमा विभेद गर्नुका साथै सक्रिय पत्रकारहरुको मनोवल गिराई अन्य पेशामा आवद्ध भएकाहरुलाई वितरण गरेको भन्दै विरोधमा उत्रिएका पत्रकारहरुले आपत्ति जनाए । 

ताला ताेडेर कार्यालय खाेलिए लगतै सरकासफाई गरिएकाे फाेटाेहरु पनि सार्वजनिक गरिएकाे थियाे ।

नेपाल पाेष्ट डेलीका अशोक सङ्ग्रौला, यात्रा डेलीका आसु सर्राफ, आजतक दैनिकका विनाेद पटेल, मिरमिरे अनलाइनका दिपक चौरसिया, वीरगंज सिटीका निखिल वर्णवाल, दैनिक वीरगंजका रन्जित चौरसिया, माई टिभीका उमेश दुवे लगायतकाे पत्रकारहरुकाे समुहले तालबन्दी गरेका थिए ।

नयाँ सदस्यताकाे नमावली प्रकाशन भए लगतै मंगलबार पत्रकार महासंघ पर्सा शाखाकाे कार्यसमितिका दुई पदाधिकारीसहितका ४ जनाले पनि संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै विराेध जनाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:8.145 sec. Memory consumption:82.52 mb