31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

वीरगंजका मेयर र भक्तपुरका मेयर बीच भेटघाट

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति बीच साेमबार भेटघाट भएको छ ।

काम विशेषले वीरगंज आएका भक्तपुरका मेयर प्रजापतिले वीरगंजका मेयर सरावगीलाई उहाँकै कार्यकक्षमा भेटघाट गरेका थिए । भेटकाे क्रममा वीरगंज महानगरपालिकाले गरेको विकास र भक्तपुरले गरेको विकासको बारेमा एकआपसमा अनुभव आदान प्रदान गरिएको महानगर प्रमुख सरावगीले वताए ।

मेयर सरावगीले वीरगन्ज महानगरपालिकाले अहिलेसम्म गरेको सरकारात्मक कार्यहरु तथा समस्या र चुनौतीको बारेमा भक्तपुरका मेयर प्रजापतिलाई सुनाउनु भएको थियो ।

भक्तपुरका मेयर प्रजापतिले पनि भक्तपुर नगरपालिकाले गरेका कामहरु तथा भोगेका समस्या र चुनौतीको बारेमा अनुभव साटासाट गरेका थिए । आगामी दिनमा दुवै स्थानीय सरकारकाबीच विभिन्न विकास साझेदारीको विषयमा पनि छलफल भएको मेयर सरावगीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:216. Generation time:5.286 sec. Memory consumption:82.51 mb