31 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

योजना तर्जुमा गर्दा प्रथामिकताको आधारमा गर्नु पर्छ : मेयर सरावगी

वीरगन्ज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बजेट तर्जुमा गर्दा प्राथामिकताको आधारमा गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वनका लागि अनुगमन नियमित हुनु पर्ने वताएका छन् ।

प्रदेश २ सरकारको नीति आयोगले साेमबार वीरगन्जमा आयोजना गरेको बजेट तर्जुमा, अनुगमन तथा मूल्यांकन सम्बन्धी एकदिने गोष्ठीमा वाेल्दै मेयर सरावगीले बजेट तर्जुमा गर्दा पूरा गर्न सकिने योजनाहरुको प्रथामिकीकरण गरेर मात्रै योजना छनौट गर्नुपर्ने र त्यसलाई पूर्णरुपमा सम्पन्न गर्न अनुगमन तथा खबरदारी आवश्यक रहेको बताए ।

उनले कतिपय योजनाहरु अहिले राजनीतिक दलका कार्यकर्ताहरुलाई भर्ना गर्ने र उनीहरुलाई पाल्ने खालका मात्रै भएको भन्दै त्यसलाई सुधार गरेर जनताले प्रत्यक्ष महशुस गर्ने खालको योजनाहरुमा बजेट विनियोजन हुनुपर्ने बताए ।

प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झाको अध्यक्षतमा भएको कार्यक्रममा पर्साका विभिन्न स्थानीय तहका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदेश २ आर्थिक तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:216. Generation time:7.661 sec. Memory consumption:82.51 mb