38.1 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

ठाकुर रामकाे क्याम्पस प्रमुखमा डा. चाैरसिया नियुक्त

वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा सह-प्राध्यापक डा. उमेश प्रसाद चौरसिया नियुक्त भएका छन् । 

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बिहिबार बसेको बैठकले डा. चौरसियालाई ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा ४ बर्षकाे लागि नियुक्त गरेको हो । 

क्याम्पस प्रमुख डा. राजदेव कुशवाहको निधनपछि क्याम्पस प्रमुखको पद रिक्त रहेको थियो । निमित्तको भरमा क्याम्पस सञ्चालनमा समस्या आएपछि त्रिवीले डा. चौरसियालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको जनाइएकाे छ । 

डा. चौरसियाले क्याम्पसलाई व्यवस्थित बनाउँदै पठनपाठनको माहोल बनाउँनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । उनले भने, ‘क्याम्पसको अवस्था हामीसँग लुकेको छैन । अव्यवस्थित क्याम्पसलाई सर्वप्रथम व्यवस्थित बनाएर पठनपाठनको माहोल बनाउँनु मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसपछि क्रमस गर्नुपर्ने सुधारहरु गर्दै जाने छौँ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.339 sec. Memory consumption:82.5 mb