28.3 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

बालबालिकाकाे सवालमा अति संवेदनशिल हुन जरुरी छ : मेयर सरावगी

वीरगंज । बिपत बाल अधिकारको सुनिश्चिता हाम्राे र सबैको साझा प्रतिबद्धता भने मुल नाराका साथ शुक्रबार वीरगंजमा बाल अधिकारको संरक्षण प्रबर्द्धन तथा बालबालिका सम्बन्धी ऐनको कार्यन्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन भएको छ ।

जिल्ला समन्वय समिती पर्साको आयोजना र राष्ट्रिय बालअधिकार परिषद श्रीमहल ललितपुरको सहजिकरणमा वीरगंजस्थित पुजन होटलमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । 

कार्यक्रममा बालअधिकार सम्बन्धमा नेपालको कानुनमा भएको मुख्य प्रावधानहरुको बारेमा राष्ट्रिय बालअधिकार परिषदकी नमुना भुसालले प्रस्तुती गरेकी थिइन । भुसालले प्रस्तुती गर्दै नेपाल सरकारले २०७२ को धारा ३९ मा बालबालिकाको मौलिक अधिकारको बारेमा बोलेकोले स्थानिय तहले पनि कार्यबिधी बनाउनु पर्नेमा जोड दिएकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले बालअधिकारको सवालमा हामी सबै जनप्रतिनिधी तथा कर्मचारीहरु अग्रगतीमा काम गर्न जरुरी रहेको बताए । उनले भने “कामको दौरानमा कोई कम बेस होला तर बालअधिकारको सवालमा सबैले कानुन होस वा शिक्षा, स्वास्थ्य, बालविवाह, श्रम शोषणको बारेमा अति संबेदनशिल भई अगाडी बढनु पर्छ ।”

जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अंसारीको अध्यक्षता भएकाे कार्यक्रममा १४ वटा पालिकाले ऐन कार्यन्वयन गर्न प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, जिल्ला समन्वय समिती पर्साका उपप्रमुख ठाकुर प्रसाद न्यौपाने, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, ठोरी गाउँपालिकाका प्रमुख पिएल श्रेष्ठ, जिराभवानी गाउँपालिकाका प्रमुख रामप्रीत चौधरी, पटेर्वा सुगौली गाउँपालिकाकी उपप्रमुख ममता चौधरी, छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, बिन्दवासिनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियार लगायतकाले मन्तब्य राखेका थिए भने जिल्ला समन्वय समिती पर्साका समन्वय अधिकारी छवीरमण भटराईले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:221. Generation time:6.452 sec. Memory consumption:82.79 mb