31.3 C
Birgunj
25 May 2025
KALIKATIMES.COM

सुरक्षित सिकाई प्रबर्धनकाे लागि स्थानिय सरोकारवालाहरुसंग संवाद

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा बिहिबार सुरक्षित सिकाई प्रबर्धनकाे लागि स्थानिय सरोकारवालाहरुसंगको संवाद कार्यक्रम सम्पन्न भएको छ ।

श्री सुकई साह माध्यमिक विद्यालय भेडिहारीमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यालयमा सुरक्षित सिकाईको बाताबरण बनाउन गाउँपालिकाले पहल गर्नु पर्ने वताए । यसका साथै गाउँपालिकाले विद्यालय कक्षा काेठाकाे अभाव रहेकाेले भौतिक संरचना निर्माणको लागि योजना बनाउनु पर्ने वताए थिए ।

विद्यालयको एउटा कक्षामा ८० जनादेखी २०० जना सम्म विद्यार्थी रहे पनि कक्षा कोठाको अभाव रहेकोले गाउँपालिकाले कक्षा काेठा निर्माण गर्नु पर्ने  वक्ताहरुकाे भनाई थियाे ।

गाउँपालिकाले शिक्षा क्षेत्रको बजेट बढाएर भए पनि विद्यालयको भौतिक संरना निर्माण गरी सुरक्षित र गुणस्तरिय शिक्षा पर्दान गर्नु पर्ने वक्ताहरुको सुझाव थियो ।

भिएसो नेपालको सहयोग र आसमान नेपालको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, उपाध्यक्ष राजेश चौरसिया, प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह, ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौरसिया, गाउँपालिकाको प्रशासन शाखा प्रमुख राजु अधिकारी, शिक्षा शाखा प्रमुख हिमान्सु भट, स्वास्थ्य सह संयोजक महेन्द्र चौरसिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न, साह र पटेल निलम्बित

कालिका टाईम्स

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स
SQL requests:214. Generation time:4.507 sec. Memory consumption:82.49 mb