41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

पर्सागढी गाेल्ड कप : बागमती युवा क्लब बिजयी

parsagadhi gold cup

वीरगंज । पर्सागढी नगरपालिकामा जारी तेस्राे पर्सागढी गाेल्ड कपकाे साेमबार भएकाे खेलमा बागमती युवा क्लब सर्लाही बिजयी भएकाे छ । वीरगंज युथ एकेडेमी वीरगंजलाई ० को बिरूद्ध दुई गोलले हराउदै बागमती युवा क्लब बिजयी भएकाे हाे ।

खेलको पहीलो हापमा जर्सी नं. ९ का खेलाडी फुफानोले खेलको ३७ मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको दोस्रो हाफको १३ मिनेटमा दोस्रो गोल जर्सी नं ११ का खेलाडी बिजय इरानले गरेका थिए ।

पर्सागढी नगरपालिकाकाे सहयाेग र आमाेदेवी युवा स्पोर्टस क्लब बढनिहारको आयोजनमा नगरपालिकाकाे वडा नं. ३ स्थित खेल मैदानमा भइरहेकाे फुटबल प्रतियोगिता अन्तर्गत साेमबारकाे खेलमा बेस्ट खेलाडी घाेषित भएका वीरगंज युथ एकेडेमी बिरगंजका खेलाडी आदित्य साक्यलाई बिशेष अतिथी समाजसेबी युवा अगुवा बलिराम यादबले नगदसहीत समान गरेका थिए। 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:4.644 sec. Memory consumption:82.56 mb