बीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिमा विद्यालय व्यवस्थापन समिति गठनकाे विषयमा पनि विवाद भएकाे छ ।
गाउँपालिकाकाे वडा नं ०३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको व्यास्थापन समिति गठन शिक्षा नियमावली विपरीत गर्ने लागिएको गाउँबासी तथा अभिभावकहरुले आरोप लगाएका छन् ।
संघीय शिक्षा नियमावली विपरीत गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले आफै निर्णय गरी अर्को नियम बनाएर समिति गठन गर्ने चलखेलमा लागेकाे अभिभावकहरुकाे आराेप छ । गाउँपालिका अध्यक्ष चाैरसिया आफु खुसी शिक्षा नियमावली बनाई आधारभूत तहका विद्यामलामा सम्बन्धित वडा अध्यक्ष वा निजले तोकेको ब्यक्ति र माध्यामिक तहमा गाउँपालिका अध्यक्ष वा निजले तोकेको ब्यक्ति नै विद्यालय व्यस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गराएका छन् ।
साे नियमावलीकाे विराेधमा अहिले अदालतमा परेकाे मुद्दा विचारधिन अवस्थामा रहेकाे छ । तै पनि गाउँपालिका अध्यक्ष चाैरसियाकाले एकलाैटी तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न लागेपछि अभिभावकहरुले विराेध जनाएका छन् ।
उक्त नियमको विरोध गर्दै गाउँपालिका बासी तथा अभिभावकहरुले आइतबार विद्यालयमा गई प्रधानाध्यापकालाई ध्यानाकर्षण गराएका थिए । अभिभाकहरुले संघीय शिक्षा प्रणालीको व्यवस्था अनुसार समिति गठन गर्ने माग समेत गरेका थिए । त्यसपछि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष चयन गर्ने गाउँपालिका अध्यक्ष चाैरसियाकाे प्रयास असफल भएकाे थियाे ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक छाेटेलाल साहसंग बुझ्दा संघिय शिक्षा नियमावली विपरीत समिति गठन गर्ने काम भएकाे स्विकार गर्दै गाउँपालिकाले बनाएकाे शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन गठन गर्न लागिएकाे वताए ।
प्रधानाध्यापक साहले त्यसकाे विरोध भएपछि व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया स्थगित गरी छलफलकाे माध्यमले विवादकाे टुंगाे लगाउनु प्रयास भइरहेकाे वताए ।
नेपाल विद्यार्थी संघका जिल्ला सचिव राकेश कुशवाहाले अभिभावकको अधिकारको हनन नेपालको संविधान तथा संघिय शिक्षा नियमावली विपरीत गाउँपालिका अध्यक्षले एकलौटी रुपले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोक्न नपाइने वताए ।
उक्त नियमको विराेधमा स्थानिय नेता हरी चौहान, सिन्धु मेहता, राम नाथ साह, नर्सुलाह अंसारी, नवल पटेल, अनिल साह लगायतका अभिभावक तथा स्थानियहरु विद्यालय पुुगेका थिए ।