41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

प्रथम पटेर्वासुगौली गोल्ड कपको बिजेता वीरगंज

paterwasugawali

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा आयाेजित प्रथम पटेर्वासुगौली गोल्डकपको बिजेता बीरगंज यूनिटी क्लब बनेकाे छ । प्रतियाेगिताकाे बुधबार भएकाे फाइनल खेलमा बीरगंज यूनिटीले अपौनीलाई १ गोलको बिरुद्ध २ गोलले जित हासिल गरेकाे हाे ।

खेल शुरु भएको पांच मिनेटमै बीरगंजका जर्सी नं‍. ५ सरोज तामाङले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । मध्यान्तर पछि तीन मिनेटमा अपौनीले पेलान्टीको अवसर पाए पछि एलेक्सले गोल गरी बराबरीमा ल्याएका थिए ।

निर्धारित समय सकिन ११ मिनेट बाकी हुदा बीरगंजका बिमल राणाले ह्याट्रिक गरी अर्को गोल गरी टिमलाई जिताउन निर्णायक परिणाम साबित गरे ।

बिजेता टिमलाई प्रमुख अतिथि पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले रु २ लाखको चेक र ट्रफी प्रदान गरे । आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष ममता महतोले उप बिजेता टिमलाई एक लाख रुपैयाको चेक तथा ट्रफी प्रदान गरेका थिए ।

फाइनल खेलमा पहिलो गोल गर्ने सरोज तामाङलाई पटेर्वासुगौली गाउँपालिका बोर्डका सदस्यले नगद पांच हजार रुपैया उपहार दिए । खेलकाे मैन अफ दि म्याच बीरगंजका सुरज ठकुरी घोषित भएका थिए ।

त्यस्तै उत्कृष्ट गोलकिपरको उपाधि बीरगंजका सरोज तामाङ, उत्कृष्ट मिड फिल्डर अपौनीको राधेश्याम महतो, उत्कृष्ट डिफेन्डर बीरगंजका अनिल पटेल, उत्कृष्ट स्ट्राइकर बीरगंजका सन्त गुरुङ घोषित भए ।

त्यस्तै गगोल गर्ने अपौनीका अन्तर्राष्ट्रिय अब्दुलाह, उत्कृष्ट प्रशिक्षक बीरगंजका शुलभ राणा र मैन अफ दि सेरिज बीरगंजका बिमल राणा घोषित भए । यी खेलहरुलाई नगदसहित ट्रफी प्रदान गरिएको थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:5.429 sec. Memory consumption:82.56 mb