29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

वीरगंजका तीन विद्यालयमा अनुगमन

school anugman

वीरगंज । वीरगंज महानगरपालिकाको ३ वटा बिद्यालयमा सोमबार राष्ट्रिय प्ररम्भीक कक्षा पढाई कार्यक्रमको अनुगमन गरिएको छ । समितीका संयोजक फतबहादुर श्रेष्ठको नेतृत्वमा श्री शिव प्राथमिक बिद्यालय रामगढवा, श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय चरकोट परसवा र श्री लक्ष्मी देवी बाबुलाल हंस बाहिनीमा अनुगमन गरिएको हो ।

अनुगमन समितीमा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्ण, शिक्षक महासंघ नेपाल पर्साका अध्यक्ष तिर्थराज यादव लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

कोभिड पश्चात पहिलो चोटी निस्केका टोलीले राम्रा कुराहरुलाई लागु गर्दै जाने र सुधार गर्नु पर्ने कुरा सुधार्नु पर्ने बिद्यालयका शिक्षक र ब्यवस्थापन समितीलाई आग्रह गरेको छ । अनुगमन समितीले कोरोनाका कारण पढाईमा असर परेका कारण अब अनुगमनलाई तिब्रता दिदै बिस्तारै सुधार तर्फ लैजाने सल्लाह दिइएको छ भने बिद्यालयहरुमा अध्ययन अध्यापन सोचे भन्दा राम्रो भएको तर धेरै कुराहरु सुधार्नु पर्ने ठहर गरेको छ ।

विद्यालयमा अझ पनि स्रोत र साधनको कमी रहेकोले स्रोत र साधन जुटाउन पहल गर्ने जनाएको छ ।

अनुगमज समितकिा सदस्य अरबिन्दलाल कर्णले पर्साको पालिका मध्ये वीरगंज महानगरपालिकाले शिक्षामा सबै भन्दा बढी रकम बिनियोजन गरेकोले शिक्षाका लागि कुनै कसर बाकी नराख्ने बताए ।

उनले कुनै पनि बहानामा पढाईलाई निरुत्साहित गर्ने काम मान्य नहुने समेत बताए । जिल्ला शिक्षा समन्वय ईकाई प्रमुखले शिक्षालाई सबैको सहयोगले अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.860 sec. Memory consumption:82.52 mb