12 May 2025
KALIKATIMES.COM

भ्रष्टाचार र घुसखोरी बढ्यो : प्रदेश सांसद साह

वीरगंज । प्रदेश सभा सदस्य राजेशव साहले नेकपाको सरकारमा भ्रष्टाचार र घुसखोरी बढेको बताएका छन् । उनले बिना घुसको कुनै काम नहुने गरेको बताउँदै एउटा शिक्षक नियुक्ती र सरुवामा पनि खुल्याम रकमको चलखेल भईरहेको आरोप लगाएका हुन् ।

वीरगंज महानगरपालिका वडा नं. २८ बगहीस्थित आईतबार आयोजित नेपाली कांग्रेसको बृहत आमसभा एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रदेश सांसद साहले शिक्षा समन्वय समिति, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति लगायत सबैले घूस खाईरहेको आरोप लगाए । उनले मुलुकलाई भ्रष्टाचार र घूसखोरीबाट जोगाउन पनि अब नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने दाबी गरे ।

मधेशीको नाममा मत लिएर प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपाले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाए । प्रदेश २ कृषिमा आधारित प्रदेश भए पनि कृषकप्रति प्रदेश सरकारको ध्यान नगई कमिश्न आउने ठेक्कामा मात्रै लागेको बताए ।

उनले मुलुकलाई भ्रष्टाचारबाट जोगाउन र लोकतन्त्र बचाउनको लागि नेपाली कांग्रेसको विकल्प नरहेको जिकिर गरे । उनले अब चुनावमा नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने दाबी गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.103 sec. Memory consumption:82.48 mb