वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका २ वटा बिद्यालयमा आइतबार जिल्ला स्तरिय अनुगमन समितीले अनुगमन गरेको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गतका जिल्ला स्तरिय अनुगमन समितीले श्री नेपाल राष्ट्रिय आधारभुत सिसियाडी बैरिया र श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय डोकैला बहुअरीमा अनुगमन गरेको हो ।
कोरोना संक्रमण पश्चात शुरु भएको बिद्यालयहरुमा यो पहिलो अनुगमन भएतापनि शिक्षक, प्रधानाध्यापकहरुले क्रियाशिलता देखाई पढाईलाई स्तरिय बनाउन पहल गर्नु भएको अनुगमन समितीले जनाएको छ । अनुगमनको क्रममा कक्षा कोठाको अभाव, शिक्षकहरुको तालिमको अभाव रहेको पाईएको वताइएको छ ।् बिद्यालयमा बिधार्थिहरुको चाप अनुसार कक्षा कोठा ब्यवस्थापन भयो भने अझ बिद्यार्थीहिरुको पढाई स्तरिय हुने समितीको ठहर छ ।
कक्षाकोठाको सरसफाईको साथै बिद्यार्थीहरुको सरसफाईमा पनि ध्यान दिनु पर्ने अनुगमन समितीले सल्लाह दिइएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख तथा अनुगमन समितीका संयोजक फतबहादुर श्रेष्ठले बताए । अनुगमन समितीका अनुसार पटक पटक अनुगमन गरियो भने अझ कार्यक्रमले प्रभावकारिता पाउने ठहर रहेको छ ।