वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे दुई वटा स्वास्थ्य चाैकीमा प्रयाेगशाला संचालनमा आएकाे छ ।
गाउँपालिकाकाे वडा नं. १ मधुवन मथवलस्थित रहेकाे सेवास्थ्य चाैकी र वडा नं. ५ महुवनस्थित रहेकाे स्वास्थ्य चाैकीमा प्रयाेगशाला संचालनमा आएकाे स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए ।
गाउँपालिकाकाे सहयाेमा मंगलबारदेखी संचालनमा आएकाे प्रयाेगशालामा रक्त, दिसा र पिसाब नि:शुल्क परिक्षण हुने उनले जानकारी गराए ।
प्रयाेगशालाकाे एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उद्घाटन गरेका थिए ।
प्रयाेगशाला उद्घाटन गर्दै अध्यक्ष जयसवालले गाउँपालिका मै प्रयाेगशाला संचालनले रक्त, दिसा र पिसाबकाे परिक्षणकाे लागि सदरमुकाम वीरगंज जानु पर्ने बाध्यता अन्त्य भएकाे वताए ।
साे अवसरमा वडा नं. ५ का वडाध्यक्ष रुपलाल यादव, प्रयाेगशालाकर्मी राेशन कुमार, सुधिर गिरी लगायतकाे सहभागिता रहेकाे थियाे ।