वीरगंज । संवाद सहजीकरणकाे लागि दाेस्राे र तेस्राे माेडलकाे ६ दिने एनिमेटर तालिम साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।
युराेपिएन युनियनकाे सहयाेग र चाइल्ड नेपाल, संरक्षण नेपालकाे सहकार्य तथा ग्रामिण पुनर्निमाण संस्था (आरआरएन) काे आयाेजनामा संचालित किशाेरी संवाद कार्यक्रम अन्तर्गत हाेटल विजय ज्याेति वीरगंजमा संचालित तालिम सम्पन्न भएकाे हाे ।
तालिमकी सहभागि शान्ति किशाेरी संवाद केन्द्र परवानीपुरकी एनिमेटर राेमा कुमारी झाले वैदेशिक राेजगारीमा जादा अपनाउनु पर्ने सावधानी बारे तालिमबाट सिकेकाे वताइन । उनले विदेश मात्र गएर पैसा कमाउन नसकिने आफ्नाे देशमा पनि विभिन्न किसिमकाे राेजागरी गरेर पैसा कमाउन सकिने वताइन ।
अनमाेल किशाेरी संवाद केन्द्रका एनिमेटर हैदर अली हवारीले समाज परिर्वतन र जिवन परिवर्तनकाे बारेमा तालिमबाट सिकेकाे वताए । उनले आम्दनीकाे स्राेत कसरी बढाउन सकिने र खर्च कसरी बचत गर्न सकिने बिषयमा पनि जानकारी प्राप्त भएकाे वताए ।
मुस्कान किशाेरी संवाद केन्द्रकी एनिमेटर पुजा कुमारी गुप्ताले एडभान्स खर्च कटाैती गरे र जुवा, तासकाे खर्च बचत गरे जिवनमा दु:ख कष्ट नहुने वताइन । अध्ययनकाे क्रममा प्राप्त हुन नसकेकाे ज्ञापन तालिमबाट प्राप्त भएकाे उनकाे भनाई थियाे ।
किशाेरी संवाद कार्यक्रमका कार्यालय प्रमुख भिम कुमार राईकाे अध्यक्षतामा भएकाे तालिम समापन समाराेहमा पत्रकार सुरेश विडारी, कार्यक्रमका वित्त अधिकृत रविन अधिकारी, संवाद अधिकृत प्रकाश पाण्डे, संवाद उत्प्रेरक उमा राय माझीले मन्तव्य मार्फत तालिमबाट सिकेकाे कुरा व्यहारमा लागु गर्न सुझाव दिएका थिए । कार्यक्रमकाे सहजिकरण संवाद उत्प्रेरक सुनेश्वर साहले गरेका थिए ।
तालिम समापन समाराेह मै संवाद संचालन निर्देशिका भाग २ र ३ समेत वितरण गरिएकाे थियाे ।