42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

जिराभवानी र सखुवा प्रसाैनीमा कुष्ठ राेग दिवस मनाइयाे

कुष्ठ राेग दिवस

वीरगंज । पर्साकाे विभिन्न पालिकामा आइतबार ६८ औ विश्व कुष्ठ राेग दिवस मनाइएकाे छ । जिराभवानी गाउँपालिका र सखुवा प्रसाैनी गाउँपालिकाले चनचेतमूलक अन्तरक्रिया कार्यक्रम गरेर कुष्ठ राेग दिवस मनाएकाे हाे ।

जिराभवानी गाउँपालिकाकाे स्वास्थ्य शाखाले गाउँपालिका कार्यालयमा कुष्ठ राेग सम्बन्धि अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरी कुष्ठ राेग दिवस मनाएकाे स्वास्थ्य संयाेजक सफिकुल अन्सारीले जानकारी दिए ।

“काेराेना महामारी हाम्राे सम्यता र समय मै कुष्ठ राेगकाे व्यवस्थापनमा हाम्राे सक्रियता” मुल नाराकाे साथ दिवस मनाइएकाे उनले वताए ।

गाउँपालिका उपाध्यक्ष उषा देवी थरुइनीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यपालिका सदस्य उर्मिला देबी पासवान, उर्मीला थरुइनी, गाउँपालिका अन्तर्गतकाे सबै स्वास्थ्य संस्थाहरुकाे फाेकल पर्सन, विभिन्न वडाका स्वयम्  सेविकाहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ४ देउरवानामा कुष्ठ राेग सम्बन्धि जनचेतना मूलक कार्यक्रम गरी कुष्ठ राेग दिवस मनाइएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:4.778 sec. Memory consumption:82.5 mb