वीरगंज । पर्सागढी नगरपालिकामा बिहिबार पर्सागढी हाफ मैराथुन दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ ।
पर्सागढि नगरपालिकाकाे सहयाेग र स्थानिय गैर सरकारी संस्था जागृति युवा क्लब पकडिया बढनिहारको आयोजनामा तथा जिल्ला एथलेटिक्स संघ पर्साको संयोजनमा २१ किलोमिटरको हाप मैराथुन दाैड प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
क्लबका अध्यक्ष रबिशंकर चौधरीकाे अध्यक्षतामा भएकाे मैराथुनकाे उद्घाटन नगर प्रमुख लोकनारायण यादबले गरेका थिए ।
प्रतियाेगितामा सात वटै प्रदेशका म्याराथुनका खेलाडीका साथै विभागिय क्लबका खेलाडी पुलीस क्लब, आर्मि क्लब र बिधार्थीहरुको सहभागीता रहेको थियो । हाफ मैराथुन प्रतियाेगितामा प्रथम हुने खगेन्द्र बहादुर भाटलाई रु २१ हजार, दोस्रो हुने अजित कुमार यादवलाई रु १५ हजार र तेस्रो हुने ज्ञान प्रसाद भट्टराईलाई रु १० हजार नगर पुरस्कार प्रदान गरिएकाे थियाे ।
यस्तै, महीलातर्फ प्रथम हुने कान्छी माया, दोस्रो हुने बिन्दा श्रेष्ठ र तेस्रो हुने संजिता बिकसहित दसौं नम्बर सम्मको खेलाडीहरुलाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, बिधार्थीहरुकाे लागि आयाेजित पाँच किलोमिटरकाे हाफ म्याराथुनमा दौड प्रतियाेगिताकाे प्रथम हुने किरन लिम्बुलाई रु ५ हजार, दोस्रो हुने बिकास पोखरेललाई रु ३ हजार र तेस्रो हुने बिजय चपागाईलाई रु २ हजार नगदसहित पुरस्कृत गरिएकाे थियाे ।
साे प्रतियाेगिताकाे महीलातर्फ प्रथम सरस्वती बोहरा, दोस्रो अन्जु खडकासहित दसौं नम्बर सम्मको खेलाडीहरुलाई समेत नगद, प्रमाण पत्र, सिल्ड मेडलले पुरस्कृत गरीएको थियो ।
कार्यक्रममा एथलेटिकस संघ महासचिव धनवीर चौधरी, केन्द्रीय सदस्य मोहन प्रसाद, वडाध्यक्ष बेदमन दास थारु, उदब बहादुर उप्रेती, नेपाल कम्युनिस्ट पार्टी नगर संयोजक गोकर्ण पाठक लगायतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य ब्यवस्थापक रापृत चौधरीले राखेका थिए ।