41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

धोबिनीमा भलिबल लिग टुर्नामेन्ट प्रतियाेगिता सुरु

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा न‌ं. ५ , धोबिनीमा आजदेखी भलिबल लिग टुर्नामेन्ट प्रतियाेगिता सुरु भएकाे छ ।

प्रतियाेगिताकाे एक कार्यक्रमकाे बिच जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य सलाउदिन अहमदले उद्घाटन गरेका छन् । प्रतियाेगिताकाे उद्घाटन गर्दै अहमदले खेलकाे विकार र संरक्षण जरुरी रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता अहमदले खेलले अनुशासन सिकाउने भएकाेले देश विकासकाे लागि खेलकाे विकास पनि जरुरी रहेकाे धारणा राखे । 

उनले भने “भलिबल टिम गेम हो । यसले एकजुट हुन, सहकर्मीलाई विश्वास गर्न र आपसी समन्वय मजबुत बनाउन प्रोत्साहन समेत गर्छ ।”

उद्घाटन समाराेहका अध्यक्षता गरेका वडाध्यक्ष मनौवर अहमदले रेफ्रीलाई बल हस्तान्तरण गरि तथा सरभिस गरि खेलकाे शुभारम्भ गरेका थिए ।

उद्घाटन खेल भारतको झुम्का र भारत कै पिडाडी बिच हुदै छ । झुम्काले ट्च जिति बल लिइ खेल हुदै छ । ६ दिन हुने खेलमा भारत र नेपालकाे ७ वटा टिमकाे सहभागिता रहेने आयाेजक वडा कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:5.407 sec. Memory consumption:82.56 mb