वीरगञ्ज । नेकपा प्रचण्ड-नेपाल समुह निकट अनेरास्ववियू पर्साले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध उनलीलाई नै विरोध पत्र पठाएकाे छ ।
भविष्यलाई सङ्कट तर्फ धकेलेको भन्दै अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई नै विरोध पत्र बुझाएका छन् ।
अनेरास्ववियू पर्साका जिल्ला संयोजक रामबाबु यादवको नेतृत्वमा गएको विद्यार्थी नेताहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ मार्फत विरोध पत्र पठाएका हुन् ।
प्रधानमन्त्री ओलीले दम्भ र अहङ्कारका साथ गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक, अराजनैतिक र अलोकतान्त्रिकसँगसँगै लहडी र बदनियतपूर्वक रहेको विद्यार्थी नेताहरुको आरोप छ । उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको निर्णयलाई खारेज गर्न माग समेत गरेका छन् ।
विरोध पत्र मार्फत उनीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध देशभर भइरहेको विरोध प्रदर्शन र सभाहरुमा प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउँने र धरपकट नगर्न चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझाउने टोलीमा प्रचण्ड-नेपाल समूह तर्फबाट अनेरास्ववियूको केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलम लगायतको सहभागिता रहेको थियो ।