12 May 2025
KALIKATIMES.COM

श्रीमद भागवत धन धान्याचंल सप्ताह ज्ञान महायज्ञ सम्पन्न

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ३ बढनियारमा आयाेजित श्रीमद भागवत धन धान्याचंल सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएकाे छ ।

असहाय बृद्ध/बृद्धाकाे लागि आश्रमकाे भवन निर्माण हेतु  पुस १५ गते देखी सुरु भएकाे महायज्ञ बिहिबार सम्पन्न भएकाे हाे । 

महायज्ञ समापन्न समाराेलाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्य (सांसद) राजेश्वर साहले आश्रम निर्माणकाे लागि आफ्नाे व्यक्तिगत तर्फबाट एक लाख ११ हजार सहयाेग गर्ने घाेषण गरे ।

समापन्न समाराेहका प्रमुख आतिथी समेत रहेका सांसद साहले त्यसकाे वाहजुद पनि आश्रम निर्माणमा घटेकाे रकम सहयाेग गर्ने प्रतिबद्धता जनाए । महायज्ञकाे उद्घाटन सांसद साहले नै गरेका थिए ।

महायज्ञ मुल आयाेजक समितिका अध्यक्ष अशाेक बुर्लाकाेटीकाे अध्यक्षतामा भएकाे समापन्न समाराेहमा पर्सागढी नगरपालिकाकी उप मेयर अर्चना चाैधरी, वडाध्यक्षहरु बेदमन दास थारु, उद्व बहादुर उप्रेती, वीरगंज २८ का कांग्रेसका सभापति सरजुग महताे, श्याम चाैधरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:4.905 sec. Memory consumption:82.48 mb