41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

पालिका स्तरिय क्रिकेट टुर्नामेन्टकाे उपाधी आयाेजक पाेखरियालाई

वीरगंज । पर्साकाे पाेखरियामा जारी टि२० क्रिकेट टुर्नामेन्ट प्रतियाेगिताकाे आइतबार दाेस्राे पटक भएकाे फाइनल खेलमा आयाेजक पाेखरिया नगरपालिकाकाे बाबा ११ क्रिकेट टिम नै विजयी भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा भएकाे प्रतियाेगितामा कालिकामाई गाउँपालिकालाई हराउदै पाेखरिया नगरपालिका विजयी भएकाे हाे ।

ट्च जितेर ब्याटिङ राेजेकाे पाेखरियाले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा १८६ रन बनाएकाे थियाे । त्यसपछि १८७ रनकाे लक्ष्यकाे साथ जवाफी ब्याटिङमा उत्रेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा ११० रन मै समेटिए पछि पाेखरिया विजयी भएकाे थियाे ।

खेलकाे म्यान अफ द म्याच ८८ रन बनाएका पाेखरियाका नितेश चाैधरी घाेषित भएका थिए ।

पाेखरियास्थित शेरा फिल्डमा भएकाे प्रतियाेगिताकाे म्यान अफ द सिरिज ९ विकेट लिएका र २३२ रन बनाएका पाेखरिया कै विकास दास भएका थिए ।

प्रतियाेगिताका विजेता पाेखरिया नगरपालिकाका क्रिकेट टिमलाई मेयर दिपनारायण राैनियारले पुरस्कार राशी रु ८१ हजारकाे चेक र टफीले पुरस्कृत गरेका थिए ।

पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा प्रतियाेगिताका उप विजेता कालिकामाईका गाउँपालिकाका क्रिकेट टिमलाई जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानीले पुरस्कार राशी रु ४१ हजारकाे चेक र टफीले पुरस्कृत गरेका थिए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:6.374 sec. Memory consumption:82.57 mb