KALIKATIMES.COM

वीरगंजमा आयुर्वेद अस्पताल खुल्याे, मेयर सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजकाे घडिअर्वास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र संचालनमा आएकाे छ । आयुर्वेद अस्पतालकाे बिहिबार एक कार्यक्रमकाे बिच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले रिबन काटेर अस्पतालकाे उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सरावगीले वीरगंजमा आयुर्वेद अस्पताल संचालनले आयुर्वेदिक उपचारकाे लागि बाहिर जानु पर्ने बाध्यता अन्त्य हुने  वताए ।

अस्पतालका प्रबन्ध निर्देशक ई. शशिभूषण प्रसादकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय पर्साका प्रमुख डा. रमेश मिश्रा, वीरगंज उद्याेग वाणिज्य संघका महासचिव माधवलाल राजपाल लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका प्रमुख चिकित्सक डा. प्रभाकर मणुले राखेका थिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १० घडिअर्वास्थित संचालमा आएकाे आयुर्वेद अस्पतालमा दक्षिण भारतमा गरिने उच्च स्तरकाे पंचकर्म चकित्सा तथा अन्य कठिन राेगकाे चिकित्सा गरिने वताइएकाे छ ।

मधुमेह, थाईराईड, उच्च रक्तचाप, मानसिक समस्याहरु, किडनी पत्थरी, पित्त थैली पत्थरी, पाइल्स, फिस्टूला, पिसाब प्रणालीका समस्याहरु, बाँझाेपन, सेक्स सम्बन्धि समस्याहरु, बालबालिका सम्बन्धि समस्याहरु, कम्पवात, माइग्रेन, निन्द्रा सम्बन्धि समस्याहरु, ढाड दुखाइकाे समस्या, बातराेेग गठिया, आमवात, स्वेत प्रदर, रक्त प्रदर, पक्षघात, गैस्ट्रिक तथा कब्जियत, कठिन नशा सम्बन्धि समस्या, स्त्री तथा प्रसुती समस्याहरु लगायतका राेगकाे उपचार गरिने अस्पतालका प्रमुख चिकित्सक मणुले जानकारी गराए ।

अस्पतालमा डा. मणु सहित डा. गाेपाल चन्द्र कमल, डा. रन्जित केसरी लगायतका चिकित्सकहरुले सेवा प्रदान गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स

धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा लागौँ : मेयर सिंह

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:3.266 sec. Memory consumption:70.07 mb
Send this to a friend