11 May 2025
KALIKATIMES.COM

वास्तविक मानव सभ्यताको इतिहासलाई प्रकाशमा ल्याउन चित्रकला प्रदर्शनी

chitrakala pradarsani_kalikatimes

वीरगन्ज, १२ बैशाख ।
चित्रकार हरिओम मेहताको चौथो एकल चित्रकला प्रदर्शनी बैशाख १५ गते देखी वीरगन्जमा हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै चित्रकार मेहताले चित्रकला प्रदर्शनी यही बैशाख १५ देखी १७ गते सम्म ३ दिन वीरगन्जको राणिसती अतिथी सदनमा हुने जानकारी गराएका हुन ।

बिहिबार नेपाल पत्रकार महासंघ पर्साको सभाहालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चौथो एकल चित्रकला प्रदर्शनीको लयात्मक अस्तित्वको बारेमा जानकारी गराए । काठमाण्डौबाट सुरु भएको चित्रकला प्रदर्शनी विराटनगर, जनकपुर पछि वीरगन्जमा आयोजना गर्न लागिएको उनले जानकारी गराए ।

पत्रकार सम्मेलनमा वोल्दै उनले भने ‘प्रदर्शनीको मुख्य उद्देश्य वास्तविक मानव सभ्यताको इतिहासलाई प्रकाशमा ल्याउनु नै हो’ । जुन सभ्यताहरु समय समयमा उत्थान र पतन हुदै आएका छन । प्रदर्शनीमा प्रदर्शन गरिने चित्रकलामा देश र पुर्खाको इतिहासलाई प्रस्तुत गर्ने कोसिस गरेको चित्रकार मेहताले वताए ।

भिजिट मधेश नेपालका संयोजक ओमप्रकाश सरार्फले कलाकार समाजका गहना मात्र नभएर, समाजको ऐना पनि भएकोले सबैलाई सहयोग गरी चित्रकला प्रदर्शनीलाई सफल बनाउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा उडानका मुकेश महतो, टिएमएनसीका प्रकाश थारु र कलाकार अजमत अलीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:6.743 sec. Memory consumption:82.77 mb