29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

निर्णय नसच्चिए प्रदेश सरकारको बिरोधमा उत्रन राजपा महासचिव सिंहको चेतावनी

राजपा नेपालका महा सचिव समेत रहेका वीरगंजका युवा नेता राजेशमान सिंह नारायणी रंगशालाको बिषयमा पर्सा, बाराका जनता संग र राजनीतीक दलहरु संग समाजिक संजाल फेसबुक मार्फत अपिल गर्दै प्रदेश सरकारले निर्णय नसच्चिए विरोध गर्ने चेतावनी दिएका छन ।

काठमाडौं बाहिरकै सबैभन्दा ठुलो रंगशाला वीरगंजको नारायणी रंगशाला हो । यो प्रदेश २ को मात्र होइन। देशकै प्रतिनिधित्व गरिरहेको ठुलो रंगशालामध्ये एक हो । १८ विघामा फैलिएको नारायणी रंगशाला १५ हजार दर्शक क्षमताको फुटबल मैदान र ७ हजार दर्शक क्षमताको क्रिकेट मैदानका साथै अन्य खेलहरूको लागि बहुउपयोगि रंगशाला हो सिंहले लेखेका छन

यस्तै तर यति ठुलो संरचना रहँदा रहँदै पनि प्रदेश सरकारले वीरगंजलाई उपेक्षा गर्दै जनकपुरमा १६ विघा जमीन भाँडामा लिई प्रादेशिक रंगशाला बनाउने निर्णय गरेको छ । प्रदेशको राजधानी जनकपुर बनाउन खोज्ने, नाम उतैको राख्ने, हुँदाहुँदै रंगशालालाई उपेक्षा गर्दै भाडा तिरेर संचालन गरिरहेको जनकपुरको मैदानलाई प्रादेशिक रंगशाला बनाउने ? कुनै पनि आन्दोलन वीरगंजले गर्ने, सास्ती वीरगंजकाले पाउने अनि विकास जनकपुरले गर्ने ? युवा नेता सिंह प्रश्न समेत गरेका छन ।

के हो मुख्यमन्त्री ज्यू यो ? साथै हाम्रा बाराबाट मन्त्री हुनु भएको भौतिक पूर्वाधार विकास मन्त्री ज्यु तपाईहरूको पदसँग वीरगंजको सबै पहिचान मेट्ने सम्झौता भएकै हो त ? यहाँका जनता सोधिरहेका छन् । पनि लेखेका छन ।

होइन भने २०४२ साल देखि नै क्षेत्रिय रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई नै प्रादेशिक रंगशाला बनाउनुको बिकल्प छैन । प्रदेश सरकारको यो निर्णय नसच्चिए प्रदेश सरकारको बिरोधमा म मात्रै होइन, बारा पर्सा सहित सम्पूर्ण राजनीतिक दल नागरिक समाज बिरोधमा उत्रन बाध्य हुनेछौं । यो मेरो चेतावनी सहितको सुझाव हो। समयमै चेत फिरोस भन्न चाहन्छु नेता सिंहको भनाई छ ।

युवा नेता सिंहको फेसबुक पोष्ट

singh fb post-kalikatimes

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:217. Generation time:4.484 sec. Memory consumption:82.53 mb