36.7 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा स्वयं सेवकाहरु पुरस्कृत

sawemsebika-kalikatimes

पर्सा, १९ मंसिर ।
स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा नाराका साथ पर्सामा पनि १५ औं स्वास्थ्य स्वयं सेविका दिवस मनाइएको छ । धोविनी गाउँपालिकाको वडा नं. २ मा रहेको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वयं सेविका दिवसको अवसरमा स्वयं सेविकाहरुलाई सम्मान गरिएको छ ।

भिखमपुर स्वास्थ्य केन्द्र अन्तर्गतका ९ जना स्वयं सेविकाहरुलाई एक कार्यक्रमका विच सम्मान गरिएको हो । धोबिनी गाउँपालिकाको स्वास्थ्य सह संयोजक महमुद आलमको अधयक्षतामा र निमिति प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य केन्द्रका संजय यादव लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वयं सेविकाहरु मध्य राम्रो काम गरेका ३ जनालाई पुरस्कृत समेत गरिएको छ ।

प्रथम पुरस्कार अमिरा राम, द्वितिय रबया खातुन र तृतिय लालपरी देवीलाई क्रमश रु एक हजार, आठ सय, छव सय नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको गाउँ कार्यपालिकाको प्रशासन शाखा प्रमुख अजय साहले वताए । यसै गरी पर्साको कालिकामाई गाउँपालिकाको आयोजनामा पनि गाउँपालिकाको प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

अन्तरक्रिया कार्यक्रमको सहजिकरण वडा नम्बर १ मुडलीमा शिवहरि तिवारी, २ भेडिहारीमा अशेशवर महतो, ३ हरिहरपुर बिर्तामा बनारसीलाल धानुख, ४ प्रशुरामपुरमा नरेशबाबु साह, ५ बिरन्चीवर्वामा राजेश कुमार साहले प्रशिक्षण दिनु भएको थियो । प्रत्येक वडाका स्वयमसेविकाहरुलाई भेला गराई कार्यक्रम सम्पन भएको कालिकामाई गाउँ कार्यपालिकाका संयोजक महेन्द्र चौरसियाले बताउनु भएको छ ।

क्षय रोग सम्बन्धी कार्यक्रम सम्पन्न
कालिकामाई गाउँपालिकाको आयोजनामा आज स्वास्थ्यचौकी मुडलीमा लुकेर बसेका क्षयरोगी बिरामीलाई खोजतलास गर्ने उदेश्य राखी उपचारको दायरा भित्र ल्याउन १ दिने तालिम सम्पन भएको छ । कालिकामाई गाउँपालिकाका ५ वटै वडाका स्वयमसेवक तथा क्षयरोग फोकलपरसन गरी १५ जनाको सहभागीता रहेको थियो । सहभागीहरुलाई जिल्ला जनस्वस्थ्य कार्यालय पर्साका क्षय कुष्ट अधिकृत शम्भु यादव र महेन्द प्रसाद चौरसियाले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.906 sec. Memory consumption:82.52 mb