29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

नेपाल प्रहरीमा जागीर लगाइदिने भनेर ठगी गर्ने आलोक पाण्डेय पक्राउ

alok pandey-kalikatimes

वीरगंज, १२ मङ्सिर / पर्सा प्रहरीले नेपालको गुप्तचर विभाग राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीमा जागीर लगाइदिने भनेर केही व्यक्तिसँग लाखौं ठगी गरेको कसूरमा एकजना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय अनुसन्धानको प्रसनि पदमा जागीर लगाइदिने भनेर पर्सा जिल्ला धोबिनी गापा–३ हरिहरपुर घर भई हाल वीरगंज–१३ मा डेरा गरी बस्ने २६ वर्षीय आलोक भन्ने सन्तोष पाण्डेयलाई पक्राउ गरेको छ ।

पाण्डेयमाथि सुर्वणपुर गापा–२ का प्रदीप ठाकुर, महागढीमाई नपा बाराका उमेश ठाकुर र धीरेन्द्र कुशवाहासँग ७ लाख २२ हजार रुपैयाँ ठगी गरेको आरोप छ । कुशवाहासँग ४ लाख र बाँकी रकम ठाकुरद्वयसँग ठगी गरेको प्रहरीको भनाइ छ ।

 पाण्डेयले केहीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी नियुक्तिपत्र पनि दिएको प्रमाण पर्सा प्रहरीले फेला पारेको छ । पाण्डेयलाई अदालतको आदेशमा सात दिन हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.813 sec. Memory consumption:82.49 mb