32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

प्रत्येक बर्ष झै यस बर्ष पनि पकहामैनपुरको धोरेमा एैतिहासिक मेला लाग्ने

पकहामैनपुर, २३ कार्तिक ।
प्रत्येक बर्ष झै यस बर्ष पनि पर्साको पकहामैनपुर गाउपालिकाको वडानम्बर १ धोरेमा एैतिहासिक मेला लाग्ने भएको छ । प्रत्येक बर्ष छठ पुजाको भोली पल्ट भब्यताका साथ मेला लाग्ने ईतिहास रहेको स्थानियवासीहरु बताएका छन । सयौ बर्ष अगाडी देखी छठको भोली पल्ट लाग्दै आएको मेला कुश्ती प्रतियोगीताले धोरे मेला प्रसिद्ध रहेको छ ।

मेलाका लागी आज भएकोे गाउभेलाले स्थानिय सामाजसेवी सुरेश मेहताको अध्यक्षतमा ९ सदस्यी मुल आयोजक मेला समिती गठन गरेको छ । मेला आयोजक समितीको अध्यक्षमा सुरेश मेहता, सदस्यहरुमा सोही वडाका वासी तथा पुर्ब उधोगराज्य मंत्री मेघराज सहनी, वडाअध्यक्ष अम्बिका सहनी, नागेन्द्रयादव, उमेश यादव, योधा प्रसाद लगायत ९ जन मुल समितीमा रहेका छन ।

मुल समिती लगायत बिभिन्न समितीहरु पनि सर्वसम्मत चयन गरिने मेला समितीका अध्यक्ष सुरेश मेहताले बताउनु भएको छ । अध्यक्ष मेहताका अनुसार धोरे मेला एैतिहासिक रहेकोले यसलाई जोगाउन र संरक्षण गर्न हामा्रे पिढीको जिम्मेवारी रहेकोले मेलालाई ब्यवस्थित र मर्यादित बनाउन हामी सबै धोरेवासीको कर्तब्य रहेको बताउनु भएको छ ।

मेलामा आउने पाहुनाहरुको कुनै पनि किसिम्मको समस्या हुन नदिने प्रतिबद्धता गर्नु भएको छ । मेला कुश्ती प्रतियोगीताले प्रसिद्ध रहेकोले भारतको दिल्ली, पंजाव, हरियाणा, बनारस, छावनी, बागहा, बेतिया, लगायतका ठाउबाट नमुना र नाम गरेका पहलवानहरु बोलाइने बताए ।

यसै गरी नेपालको काठमाण्डौ, नवलपरासी, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोतरी र पर्साका स्थानिय सम्मपुर्ण पहलावानहरुलाई आमन्त्रीत गरिने बताए । मेलामा हजारौको संख्यामा आउने दर्शकहरुले धैर्यधारण गरी मनोरंजन गर्ने समेत बिश्वास रहेको अध्यक्ष मेहताले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.388 sec. Memory consumption:82.49 mb