12 May 2025
KALIKATIMES.COM

पकहा मैनपुर गापाको लहवावरथकरीमा रक्तदान कार्यक्रम, ४३ जना द्वारा रक्तदान

पर्सा, ७ कात्तिक ।
पकहा मैनुरमा गाउँपालिकाको वडा नं. ४, लहावरथकरीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान चाडपर्व दिपावली र छठपर्वको अवसरमा खेस्राहा बजारमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३ महिला सहित ४३ जनाले रक्तदान गरेका छन ।

वडा अध्यक्ष ढेरी प्रसाद यादवको अध्यक्षतामा र नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, प्रहरी उपरिक्षक रेवती ढकाल, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतकाको सहभागिता रहेको थियो ।

पकहा मैनपुर गाउँपालिका वडा नं. ४ को कार्यालय, लहावरथकरीको आयोजनामा भएको रक्तदान कार्यक्रममा राजेश्वर प्रसाद कुर्मी, मनई साह गोढ, दिपक कुमार यादव, आजाद मियाँ, अबदुल हवारी, श्रीलाल कुशवाहा, मुन्ना पटेल, अनिल प्रसाद तेली, सागिर मियाँ, प्रियाँका यादव, पप्पु यादव, सदाम हुसेन, जुमराती मियाँ लगायतकाले रक्तदान गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:3.858 sec. Memory consumption:82.4 mb