11 May 2025
KALIKATIMES.COM

वीरगंजमा कार्तिक १ गते हुन लागेको भोजपुरी नेपाली स्टार नाईट कार्यक्रमको तयारी अन्तिम चरणमा

वीरगंज, २८ असोज ।
वीरगंजमा कात्तिक १ गते, विहिबार भोजपुरी नेपाली स्टार नाईट नाम दिइएको विशाल सांगीतिक कार्यक्रम हुने भएको छ । वीरगंजको आदर्शनग रंगशालामा दिउसो ३ बजे देखी हुने कार्यक्रममा भारत विहारका भोजपुरी फिल्मका स्टारहरु र नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

हिन्दुहरुको महान चाडपर्व वडा दशैको उपलक्ष्यमा हेडपी नेपालको आयोजना हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका योगेन्द्र गुप्ताले वताए । 

नवमीको दिन हुने कार्यक्रममा भोजपुरी सुपर स्टार खेसारीलाल यादव, आम्रपाली दुबे, काजल राघवानी, नेपाली स्टार इन्दिरा जोशी, सेलिना कुंवर, सन्दिप क्षेत्री (मिठाईलाल) लगायतको कलाकारहरुको प्रस्तुती हुने गुप्ताले जानकारी गराए ।

गुप्ताका अनुसार टिकट दर ६ सय देखी २ हजार ५ सय सम्मको रहेको छ । सिल्भर टिकट रु ६ सय, गोल्ड टिकट एक हजार, डाइमण्ड टिकट रु १ हजार ५ सय र भिआईपी टिकटको दर रु २ हजार ५ सय रहेको छ ।

वीरगंज भन्दा टाढा टाढाका भारत र नेपालका संगित प्रेमीहरु टिकट खरिद गरी आ आफनो सिट सुरक्षति गरिरहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागि हुने भोजुरी स्टार खेसारीलाल, अम्रपाली र काजलले सामाजिक संजाल मार्फत आफुहरु वीरगंज आउन लागेको जनाएका कारण पनि ढुक भएर संगित प्रेमीहरु टिकट खरिद गरि आ आफनो सिटी सुरक्षित गरिरहेको  बुझिएको  छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:6.937 sec. Memory consumption:82.43 mb