14 May 2025
KALIKATIMES.COM

सचेत युवा समुहद्वारा जिएम विष्टलाई सम्मान

वीरगंज, १९ असोज । सचेत युवा समुह रामगढवा–२४ वीरगंजले आज एक भव्य समारोहका बिच एशियन डिस्टिलरीका जिएम उदय बिष्टलाई सम्मान गरेको छ ।

वीरगंज २४ स्थित वाटिका इन्टरनेश्नल होटलमा आयोजित सम्मान तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. अन्जु कुमारीले माला तथा खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

युवा नेता अनुज यादवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज वडा नं. २५ का वडा अध्यक्ष दशरथ राउत कुर्मी, वडा नं. २४ का अध्यक्ष दशरथ राउत कुर्मी, एसियन डिस्टिलरीका लेखा प्रमुख राजाराम कार्की, आकाश एफएमका एमडि आसिक अंसारी, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, समाजसेवी रामाशंकर द्विवेदी, उमेश पटेल, आसुतोष चर्तुवेदी, नरेश चौधरी, दिपकराज वर्णवाल लगायत स्थानियबासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बिजय पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:4.427 sec. Memory consumption:82.44 mb